NRN
रक्षामन्त्री राई सवार गाडीले मोटरसाइकललाई दियो ठक्कर

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ ।

मन्त्री राई सवार गाडीले आइबतार बिहान सवा १० बजेतिर सिंहदरबार जाने क्रममा माइतीघरमा ९२७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति भएको तर, चालकलाई भने कुनै चोट नलागेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update