
सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिवार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो ।
इन्डिगो इन्कद्वारा प्रकाशित कथा संग्रहमा बिभिन्न शिर्षकका १४ वटा कथाहरु समावेश गरिएको छ ।
कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गरे ।
आफ्नो जन्म दिनको अवसरमा कथा संग्रह सार्वजनिक गरेको भन्दै संचारकर्मी तथा कथाकार समिरले आफ्नो संचारथलो रेडियो र टेलभिजन नै कथा संग्रहको पृष्ठभुमि भएको बताए ।
समिरले कथा लेख्न गाह्रो नभएपनि केही कुराहरुम केही कमजोरी भएको छ की भन्ने महशुस भएको बताए । यो आफ्नो पहिलो कृति भएको बताउँदै उनले यसमा कुनै विवाद हुन्छ की भन्ने महशुस गरेपनि कथा पढिसकेपछि त्यसले शिर्षकको महत्व बुझिने बताए ।
बिगतमा आफुले गरेको संघर्ष र मेहनतले आफुलाई कथाकारको उचाइँमा समेत पुर्याएको भन्दै आफ्ना दिवंगत आमा बुवालाई सम्झेर उनी भावुक बनेका थिए ।
कार्यक्रममा बिभिन्न बिधाका साहित्यकार, समालोचक, संचारकर्मी तथा प्रतिष्ठित ब्यक्तित्वहरुको बाक्लो उपस्थिति थियो ।