NRN
आइतबार नेप्से ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा

साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.४९ अंकले घटेर २६८८.३१ विन्दुमा बन्द भएको हो ।

यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । 

गत कारोबार दिन अर्थात् बिहीबार नौ अर्ब २४ करोडको कारोबार भएकोमा आइतबार आठ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा ८६ करोड रूपैयाँ कमी आएको हो ।

आज ३०५ वटा धितोपत्रको एक करोड ५८ लाख ५१ हजार ५८५ कित्ता सेयर किनबेच भएको छ । 

आइतबार ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ वटाको घटेको छ । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ । 

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो ।

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update