NRN
मंगलबार सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य

नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबारको तुलनामा सुनको मूल्य यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, सोमबार प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update