NRN
बढ्यो अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङको मूल्य

नेपाल राष्ट्र बैंकले म‌गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर एक सय ३९ रूपैयाँ ६७  पैसा र बिक्रीदर एक सय ४० रूपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४४ रूपैयाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रूपैयाँ ९५ पैसा तोकिएको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रूपैयाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रूपैयाँ १५ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रूपैयाँ १२ पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ४३ पैसा र बिक्रीदर ९७ रूपैयाँ ८४ पैसा निर्धारण गरिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४० पैसा कायम गरिएको छ भने कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा निर्धारण गरिएको छ ।

युएई दिराम एकको खरिददर ३८ रूपैयाँ तीन पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर चार सय ५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रूपैयाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रूपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रूपैयाँ ११ पैसा निर्धारण भएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update