NRN
कमलपोखरी शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

काठमाडौंको कमलपोखरीमा रहेको कमलपोखरी शानदार म:म पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भीम बहादुर घले छन् । उनीहरूको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

गत बिहीबार म:म पसलको ग्यास विस्फोट हुँदा ११ जना गम्भीर घाइते भएका थिए । उनीहरुको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update