NRN
अष्ट्रेलिया न्यू साउथ वेल्सका वाणिज्यदूत सन्जिब शर्मा र  अर्थमन्त्री बिष्णु पौडेलबीच भेटघाट

- राजन घिमिरे

न्यूसाउथवेल्सका वाणिज्यदूत सन्जिब शर्मा र अर्थमन्त्री बिष्णु पौडेलबीचको भेटघाटमा दोहोरो कर प्रणालीबारे छलफल भएको छ ।
 अष्ट्रेलियाको न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सञ्जीव शर्मा र अर्थमन्त्री विष्णु पौडेलबीच सोमबार भेटघाट भएको हो । भेटमा शर्माले अष्ट्रेलिया र नेपालबीच हुने दोहोरो कर अन्त्यको प्रसंग उल्लेख गर्दै यो समस्यालाई सकाउंन आग्रह गरेका थिए ।

भेटमा शर्माले अर्थ मन्त्री समक्ष आफूले दोहोरो कर अन्त्यबाट लगानीकर्तालाई हुने फाईदाको बारेमा अबगत गराएको जानकारी दिए । उनले भने -‘ यस्तो समस्याको समाधान भएमा अष्ट्रेलियाबाट नेपालमा लगानी बढ्न सक्ने विषयमा पनि मैले कुरा उठाएको छु -‘ । भेटमा अर्थमन्त्री पौडेलले बिबिध समस्याका बारेमा छलफल गर्दै अगाडि बढिने जानकारी दिनु भएको थियो । उहांले आगामी दिनमा सकारात्मक निष्कर्ष निक्लने कुरा बताउनु भएको जानकारी बाणिज्यदूत शर्माले दिनु भयो । यसैगरी वाणिज्यदूत शर्माले लगानी बोर्डका सिईओ सुशील ज्ञवालीलाई पनि भेटेका छन ।

भेटमा शर्माले दोहोरो कर प्रणाली अन्त्य गर्ने विषयमा आफ्ना भनाई राखेका थिए । यसौबीच वाणिज्यदूत शर्माले अष्ट्रेलियाका लागि नेपाली राजदूत लीन जोन्स्टनसँग पनि भेट गरेका छन । भेटमा आफूले दुई देशबीचको सम्बन्ध र विद्यार्थीहरुका समस्या लगायतका विषयमा कुराकानी भएको जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update