
लामो समयदेखी चलचित्रकर्ममा लागि पर्दै आएका सर्जक हुन शोभित बस्नेत । चलचित्रकर्ममा उनको लगाब सांच्चै लोभ लाग्दो छ ।
कहिले सफल त कहिले असफल, अवस्था र परिस्थिति जे भएता पनि चलचित्र बिधा र क्षेत्रलाई उनले कहिले पनि छाडेनन् र त्यागेनन् ।
यतिबेला उनको परिबार नै चलचित्र बिधामा लागि पर्दै आइरहेको छ । शोभितका सुपुत्र अभिनेता एबं निर्माता सलोन बस्नेतको चलचित्र रंगी नेपालमा शुक्रबारबाट रिलिज हुन लागेको छ भने शोभित चाहि अष्ट्रेलियामा पि आर नामक चलचित्रको काममा ब्यस्त छन ।
यो चलचित्रको सिड्नीमा छायांकन पनि शुरू भैसकेको छ । शोभितलाई चलचित्र पि.आर निर्माणका लागि अष्ट्रेलियामा नै रहनु हुने रन्जित शाह, गणेश केसी, प्रदीप दाहाल र लक्ष्मण सापकोटाले साथ दिएका छन । सलोन सलिना फिल्मसको व्यानरमा निर्माण हुने फिल्मको छायांकन सुरु भएको छ ।
रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् । निर्देशक बस्नेतका अनुसार आर ए सुरज पौडेल, राजन कुँवर, बिनिता कार्की, पुजा चौधरी र आस्मा अधिकारीले मुहुर्त सट दिएका थिए ।
फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पुजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय छ ।
फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता र एपिआइसिका गणेश केसी कार्यकारी निर्माता छन् । फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन हुनेछ ।
निर्देशक बस्नेतले फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा र २५ प्रतिशत छायांकन नेपालमा गरिने बताए ।