NRN
जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत माघ २२ गते दैलेख जिल्लाको तोलीजैसी केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।  

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update