NRN
‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५’ मा सहभागी हुन नेपाल आइपुगिन् एन्जिला

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीका लागि खेल्न आज नेपाल आइपुगेकी छन् ।

व्यवसायीक फुटबल खेल्न ग्रिसमा रहेकी एन्जिला एयर अरेबियाको विमानमार्फत आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन् । 

एन्जिला काठमाडौंमा हुने ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप-२०२५’ खेल्न नेपाल आएकी हुन् ।

युरोपमा खेल्ने दोस्रो नेपाली खेलाडी बनेकी एन्जिलाले ग्रीसको शीर्ष श्रेणीको क्लब निस अट्रोमिटौबाट खेल्दै आएकी छन् ।

च्याम्पियनसिप फागुन ५ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ । जहा नेपालसहित म्यानमार, लेबनान कीर्गिस्तान सहभागी छन् ।

व्यवसायीक फुटबल खेल्न फ्रान्समा रहेकी फर्वाड सावित्रा भण्डारी साम्बा र साउदीमा रहेकी रेखा पौडेल पनि फर्किने भएका छन् ।

साम्बा आगामी सोमबार एयर इन्डियाको विमानमार्फत बिहान ९ बजे काठमाडौँ आइपुग्नेछन् भने रेखा आगामी शनिबाार दिउँसो पौने ४ बजे काठमाडौँ आउनेछिन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update