बुधबार नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा

बुधबार सेयर बजारको परिसूचक आज सामान्य बढेको छ । साताको चौथो दिन बुधबार बजार परिसूचक नेप्से १.८६ अंकले बढेर २६८५.७३ विन्दुमा पुगेको हो ।
यसदिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ ।
गत कारोबार दिन अर्थात मंगलबार सात अर्ब २० करोडको कारोबार भएकोमा बुधबार आठ अर्ब ७१ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५१ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०७ वटा धितोपत्रको एक करोड ५५ लाख २० हजार ५५९ कित्ता सेयर किनबेच भएको हो ।
बुधबार १३४ कम्पनीको सेयर मूल्य बढेको छ भने ९९ वटाको घटेको छ । यस्तै, ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १५:३१
प्रतिक्रिया दिनुहोस्