NRN
सिड्नी ग्रयानभिलको रातो घरमा हुने भयो सांगितिक कार्यक्रम

प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे को अवसरमा सिड्नीमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ। पाल्पा इन्टरटेनमेन्टको प्रस्तुतिमा फ्रेबुअरी १४ तारेखका दिन भव्य सांगीतिक साँझ हुने भएको छ । कार्यक्रम रातोघर: द भेन्यू’, ग्रान्भिल, सिड्नी मा हुने छ ।

कार्यक्रममा गायक शिव परियार, नेपाल आइडल सिजन ५ का विजेता करण परियार, प्रथम उपविजेता सलोमी गुरुङ तथा अभिनेत्री झरना रिसाल ले आफ्नो प्रस्तुति दिने छन । यस विशेष सांगितिक कार्यक्रममा सहभागी हुन कलाकारहरू बुधबार सिड्नी आइपुगेका छन्।

उनीहरूलाई कृष्ण थापा , सुभाष थापा ,प्रिती घिमिरे र दिनेश श्रेष्ठ लगायतले विमानस्थलमा स्वागत गरेका थिए । कलाकार टोलीले सिड्नीपछि एडिलेड लगायत अन्य सहरहरूमा पनि सांगीतिक प्रस्तुती दिने भएका छन ।

सिड्नीमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम प्रेम, संगीत र मनोरञ्जनको संगम बन्ने भएको छ   आयोजक पाल्पा इन्टरटेनमेन्टले नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई प्रेम दिवसलाई संगीतमय बनाउन आग्रह गरेको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा ए टु जेट क्लिनगं सप्लाइस क्लिनगं एण्ड हस्पिटालिटी रहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update