NRN
बिहीबार एकैदिन तोलामा २३ सय रूपैयाँ बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

बुधबार प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो ।

बुधबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी, बुधबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँ कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय २० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update