काठमाडौं बन्यो विश्वकै दोस्रो प्रदूषित सहर

बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको छ ।
विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ ।
पाकिस्तानको कराची २२४ एक्यूआईसहित प्रदूषित शहरमध्ये पहिलो नम्बरमा छ भने दोस्रो स्थानमा नेपालको काठमाडाैं शहर रहँदा तेस्राे स्थामा चीन उहान रहेको छ ।
विपद् पोर्टलले नेपालको विभिन्न सहरहरूको वायुको गुणस्तर अत्यन्त चिन्ताजनक देखाएको छ ।
एक्युआइ इन्डेक्सअनुसार ०–५० अंक स्वच्छ वायु, ०५१–१०० मध्यम, १०१ देखि १५० अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ ।
हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्