NRN
नागढुंगाबाट सुनसहित दुई भारतीय पक्राउ

सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् ।

काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update