
साताको अन्तिम कारोबार दिन अर्थात् बिहीबार नेप्से परिसूचक घटेको छ । नेप्से ७.२६ अंकले घटेर २६७८.४७ विन्दुमा बन्द भएको हो ।
बजार घट्दा आज कारोबार रकम पनि घटेको छ । गत कारोबार दिन अर्थात बुधबार आठ अर्ब ७१ करोडको कारोबार भएकोमा बिहीबार सात अर्ब ९२ करोडको सेयर कारोबार भएको छ ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७९ करोड रूपैयाँ कमी आएको हो ।
आज ३०२ वटा धितोपत्रको एक करोड ५८ लाख ७५ हजार १५२ कित्ता सेयर किनबेच भएको हो । बिहीबार ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६२ वटाको घटेको छ । यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
फाइनान्स सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो । त्यस्तै, लगानी ०.५२ र माइक्रोफाइनान्स ०.१७ प्रतिशत बढे । अरु सबै सेक्टर घटेका छन् ।
बैंकिङ ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, हाइड्रोपावर ०.९०, जीवन बीमा ०.१४, उत्पादन ०.४७, निर्जीवन बीमा ०.८७, अन्य ०.१० र व्यापार समूह ०.०१ प्रतिशत घटे ।
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, मातृभूमि लघुवित्त र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । बाराही हाइड्रोपावरको मूल्य ६.७७ प्रतिशत बढ्यो । हालै सूचीकृत गार्डियन माइक्रोलाइफको मूल्य प्रतिकित्ता ४८६ रुपैयाँ ६० पैसा पुगेको छ ।
न्यादी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । सामुदायिक लघुवित्तको ४.९, रिभर फल्स पावरको ४.१० तथा एनएलजी इन्स्योरेन्सको ३.५ प्रतिशत मूल्य घट्यो ।
बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ ।