शुक्रबार बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
-1739511383.jpg)
नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।
बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१ ११:२३
प्रतिक्रिया दिनुहोस्