NRN
कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक बेपत्ता, खोजी कार्य जारी

चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् ।

चितवन ईच्छाकामना गाउँपालिका-५ मुग्लिन-नारायणगढ सडक खण्डको कालिखोला पुल नम्बर ३ मा बिहान ११ बजेर ५५ मिनेटको समयमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको बागमती प्रदेश ०६-०२ प ९२०४ नम्बरको मोटरसाइकल दुर्घटनामा हुँदा चालक त्रिशूलीमा खसेका हुन् । 

मोटरसाइकल आफैं अनियन्त्रित भइ सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ ।

प्रहरीको अनुसार दुर्घटनास्थलमा लमजुङ चन्देश्वर गाविस–३ घर भई हाल चितवन भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता भेटिएको छ ।

दुर्घटनामा परेको मोटरसाइकलका चालक उनी नै हो वा होइन भन्नेबारे यकिन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १४:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update