-1739523436.jpg)
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा शुक्रबार ओमन प्रस्थान गरेकी छन् ।
आजदेखि फेब्रुअरी २० सम्म ओमनको राधजानी मस्कटमा आयोजित ‘आठौँ इन्डियन ओसन कन्फरेन्स’ मा सहभागी हुन चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
उनी ओमनका विदेशमन्त्री सय्यद बद्र बिन हमद बिन हमूद अल बुसाइदीको आमन्त्रणमा त्यसतर्फ गएकी हुन् ।
उनलाई परराष्ट्र सचिव अमृतबहादुर राइ र परराष्ट्रका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरे ।
सामुद्रिक साझेदारीतर्फको नयाँ क्षितिजको यात्रा (Voyage to New Horizons of Maritime Partnership) मुख्य विषय राखिएको उक्त सम्मेलनमा मन्त्री डा. राणाले नेपालका तर्फबाट सहभागिता जनाउने छिन् ।
साथै, मन्त्री डा राणाले यस सम्मेलनको वैश्विक ग्लोबल साउथको आवाजलाई थप सशक्त पार्ने (Amplifying the Voice of Global South) सम्बन्धी सत्रलाई सम्बोधन गर्नेछिन् ।
भ्रमणका क्रममा मन्त्री डा. राणाले ओमनका विदेशमन्त्री, ऊर्जा र खनिज मन्त्री एवं अन्य सम्बन्धित मन्त्रालयका प्रतिनिधिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
मन्त्री डा. राणा यही फेब्रुअरी २० मा स्वदेश फर्कने कार्यक्रम छ ।