NRN
आइतबार एकैदिन तोलामा २७ सय रूपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update