NRN
शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु

काठमाडौंको कमलपोखरीस्थित शानदार म:मको भवनमा आगलागीबाट घाइते थप एक जनाको मृत्यु भएको छ ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा गएराति ११:४५ बजे थप एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

मृत्यु हुनेमा काभ्रे बेथानचोक गाउँपालिका धुनखर्क घर भई काठमाडौं महानगरपालिका कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामा छन् ।

माघ २३ गते शानदार म:ममा ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीबाट ११ जना कामदार घाइते भएका थिए ।

घाइतेमध्ये तीन जनाको यसअघि नै उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । अरू घाइतेको उपचार जारी छ । 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update