जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सई मृत अवस्थामा फेला

जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरिक्षक (सई) मृत अवस्थामा फेला परेका छन् ।
ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका-४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका -७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको छ ।
नाइलनको डोरीले झुण्डिएको अवस्थामा उनी फेला परेका हुन् ।
मृतकका आफन्तलाई घटनाबारे जानकारी गराइसकेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १२:५८
प्रतिक्रिया दिनुहोस्