
साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से १९.५६ अंकले बढेर २६९८.०३ विन्दुमा बन्द भएको हो ।
यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
गत कारोबार दिन अर्थात बिहीबार सात अर्ब ९२ करोडको कारोबार भएकोमा आइतबार नौ अर्ब ४७ करोडको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १ अर्ब ५५ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०९ वटा धितोपत्रको दुई करोड नौ लाख ८४ हजार ४४० कित्ता सेयर किनबेच भएको हो ।
आइतबार १७६ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ वटाको घटेको छ । यस्तै, चार कम्पनीको मूल्य स्थिर रहेको छ । यसदिन ६ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
विन नेपाल लघुवित्त, गुँरास लघुवित्त, नेपाल फाइनान्स, जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतका दरले बढेको छ भने गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशत र पोखरा फाइनान्सको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आइतबार एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा सिइडिबी होल्डिङ्स रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये म्युचुअल फण्ड र निर्जीवन बीमा समूहको घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको हो ।