NRN
सोमबार अमेरिकी डलरको मूल्य स्थिर रहँदा बढ्यो युरो र अस्ट्रेलियन डलरको मूल्य

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य स्थिर छ ।

सोमबार यूरो, युके पाउन्ड स्टर्लिङ, अष्ट्रेलियन डलर, क्यानेडियन डलरको मूल्य बढेको छ ।

अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ६२  पैसा र बिक्रीदर १३९ रूपैयाँ २२ पैसा तोकिएको छ । 

युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४५ पैसा र बिक्रीदर १४६ रूपैयाँ ०८ पैसा पुगेको छ भने अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ०५ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४३ पैसा तोकिएको छ । 

त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७५ रूपैयाँ २३ पैसा कायम गरिएको छ ।

क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रूपैयाँ १५ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा तोकिएको छ भने कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ दुई पैसा र बिक्रीदर ३८ रूपैयाँ १९ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २६ पैसा र बिक्री दर ३१ रूपैयाँ ३९ पैसा तोकिएको छ ।

कुवेती दिनार एकको खरिददर चार सय ४९ रूपैयाँ १९ पैसा र बिक्रीदर चार सय ५१ रूपैयाँ १३ पैसा निर्धारण भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update