NRN
अर्थमन्त्री पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुर बर्न अस्पतालले निर्णय

अर्थमन्त्री विष्णु पौडेललाई डिस्चार्ज गर्ने कीर्तिपुरस्थित बर्न अस्पतालले निर्णय गरेको छ ।

जलनको भाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गर्ने निर्णय भएको अस्पताल प्रशासनले विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

उनी शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनमा बेलुन पड्किँदा भएको घटनामा घाइते भएका थिए । 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update