NRN
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगिन् साम्बा

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सावित्रा भण्डारी साम्बा अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका लागि सोमबार बिहान स्वदेश आइपुगेकी छिन् । 

फ्रान्समा लिग खेलिरहेकी साम्बा आजदेखि सुरू हुने च्याम्पिनयनसिप खेल्न नेपाल आइपुगेकी हुन् । 

च्याम्पियनसिपमा नेपालले आज साँझ ६ बजे पहिलो खेलमा किर्गिस्तानसँग खेल्दैछ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, म्यानमार र लेबननको सहभागिता रहनेछ । 

यसअघि प्रतियोगिताका लागि युएईको लिग खेलिरहेकी रेखा पौडेल शनिबार साँझ नेपाल आइपुगेकी थिइन् । पाँच दिनअघि कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट नेपाल फर्किएकी थिइन् ।

दशरथ रंगशालामा हुने प्रतियोगिताको टिकट दर साधारण पारापिटतर्फ ५०० र भिआइपीतर्फ एक हजार तोकिए‌को छ । टिकट खल्ती एपबाट किन्न सकिनेछ ।

नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update