आज (बुधबार) पनि बढ्यो सुन–चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
-1739944163.jpg)
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बुधबार) पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ।यो मूल्य अघिल्लो दिनको तुलनामा यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१ ११:३८
प्रतिक्रिया दिनुहोस्