NRN
लगातार चौथो दिन पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ ।

बुधबार प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको सुन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला एक लाख ७१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । 

बुधबारको तुलनामा यस दिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ ।

बुधबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update