NRN
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दै

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र लेबनान भिड्दैछन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे लेबनन र नेपाल खेल्न लागेका हुन् ।

जारी लिगमा दुवै टिमले आफ्नो दोस्रो खेल खेल्दैछन् ।

यसअघि पहिलो खेलमा किर्गिस्तानलाई १-० गोलले पराजित गरेको नेपाललाई लगातार दोस्रो खेलमा जित निकालेर फाइनलमा पुग्ने अवसर छ । एक खेलअघि फाइनल पुग्न दिनको पहिलो खेलमा म्यानमारले किर्गिस्तानलाई हराउनु पर्नेछ ।

नेपालले लेवनानसँग दोस्रो पटक खेल्न लगेको हो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेवनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताका सबै खेल फिफा अन्तर्राष्ट्रिय विन्डोजमा हुने भएकाले खेलहरूले अन्तर्राष्ट्रिय मान्यता हुनेछ ।प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछ भने शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ । खेलहरू दिनको २ र साँझको ६ बजे खेलिनेछ ।

नेपाली टोली

गोलकिपर: एञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ

डिफेन्डर: अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समिक्षा घिमिरे, बिमला चौधरी, मनमाया दमाई

मिडफिल्डर: अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरू लिम्बु, सविता राना मगर, रेनुका हमाल, सुष्मा तामाङ

फरवार्ड: सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update