एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । संविधान सभा सदस्य एवम् पार्टी पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएपछि बैठक स्थगित गरिएको हो ।
एकीकृत समाजवादीको बिहीबारबाट केन्द्रीय कमिटीको दोस्रो बैठक बस्दै थियो । ललितपुरको जावलाखेलमा बैठक सुरू हुँदै थियो ।
आजदेखि बस्ने भनिएको बैठक भोलि विहान ११ बजेदेखि बस्ने बताइएको छ ।
सापकोटाको ५९ वर्षको उमेरमा बिहीबार बिहान ३ः४५ बजे काठमाडौंको हेल्पिङ ह्यान्डस् अस्पतालमा निधन भएको हो ।
उनी पार्टीको बागमती प्रदेशको सहइन्चार्जसमेत थिए । सापकोटा २०७० सालको संविधान सभा निर्वाचनमा तत्कालीन काभ्रे–४ बाट निर्वाचित भएका थिए ।
उनी एमाले काभ्रेको १४ वर्ष पार्टी प्रमुखसमेत भइसकेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्