रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबार सचिवालय बैठक बोलाएको छ ।
आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा बस्नेगरी सचिवालय बैठक बोलाइएको छ ।
बैठकमा नियमावली र कार्यविधिहरु (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) लगायत बिषयमा छलफल हुनेछ ।
फागुन १६ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको सर्वांगीण सम्वाद र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे पनि बैठकमा छलफल हुनेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१ १२:०२
प्रतिक्रिया दिनुहोस्