
-राजन घिमिरे
चर्चित हांस्य कलाकार केदार प्रसाद घिमिरे ( माग्ने बुढा ) र सितादेबी तिमल्सेना (चन्द्रमुखी ) अष्ट्रेलियाको फिन कनेक्स फाईनान्सियलको ब्राण्ड ऐम्बेष्टरको रूपमा नियुक्त भएका छन । कम्पनीले माग्ने बुढा र चन्द्रमुखीलाई बुधबार आफ्नो कम्पनीको ब्राण्ड ऐम्बेष्टरको रूपमा नियुक्त गरेको हो । ६ बर्षदेखी अष्ट्रेलियामा सेबा प्रदान गर्दै आइरहेको फिन कनेक्सका प्रमुख बिष्णु प्रसाद अर्यालले आफ्नो कम्पनी चर्चित कलाकारसंग जोडिन पाएकोमा खुशी ब्यक्त गरेका छन ।
होम लोन, बिजनेश लोन, कर्मशियल लोन,इन्भेटमेन्ट लोन,एस.एम.एस.एफ लोन र डेभलपमेन्ट लगायतका लोन सम्बन्धि बिभिन्न सेवा दिंदै आइरहेको फिन कनेक्स फाईनानसियलले केन्द्रिय कार्यालय अष्ट्रेलियाको सिड्नीमा रहेको छ भने यसले अष्ट्रेलियाको मेलबर्न,एडिलेट र ब्रिसबेन लगायतका शहरहरूबाट लोन सम्बन्धि काम गर्दै आइरहेको छ । नेपाली समुदायबीच फिन कनेक्स बिश्वासिलो र भरपर्दो संस्थाको रूपमा स्थापित छ । यो संस्था अष्ट्रेलियाका चालिस भन्दा बढी बैकहरूसंग आबद्द छ ।
अष्ट्रेलियामा पि आर हात पर्नासाथ घर किन्ने धेरैको सपनालाई फिन कनेक्सले पुरा गर्दै आइरहेको छ । पछिल्लो पाँच बर्षको अबधिमा यो कम्पनीले पाँच सयभन्दा बढीलाई घर किन्नको लागि साथ दिइसकेको छ । अष्ट्रेलियामा नेपाली समुदाय बाक्लिंदै गएको अबस्थामा आफूहरु नेपालीहरूकै सस्थासंग जोडिन पाएकोमा कलाकार केदार घिमिरे र सितादेबीले प्रसन्नता ब्यक्त गरे -‘ फिन कनेक्ससंगै अष्ट्रेलिया रहनु हुने नेपालीहरूसंग जोडिन पाएकोमा हामी खुशी छौं ।
अष्ट्रेलियामा रहनु हुने नेपालीहरूलाई साथ र हात दिंदै आएको कम्पनीको हामी प्रगती र उन्नतीको कामना गर्दछौं-‘ कलाकार दम्पतीको भनाई छ । कलाकार दम्पतीले अब कम्पनीको प्रचार - प्रसारमा साथ दिने छन भने चांडै अष्ट्रेलियामा कम्पनीले आयोजना गर्ने कार्यक्रममा पनि सहभागिता जनाउंने भएका छन ।