NRN
सुनको मूल्य बढ्दा घट्यो चाँदी,  तोलाको कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ ।

शुक्रबार प्रतितोला एक लाख ७० हजार रूपैयाँमा कारोबार भएको सुन महासंघका अनुसार आज प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । 

अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा यसदिन प्रतितोला तीन सय रूपैयाँ बढेको हो ।

यसैगरी, शुक्रबार प्रतितोला एक हजार नौ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी यस दिन प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २९ सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update