ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी

ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ ।
ललितपुरको सुनाकोटीको सिभिल होम्सको ब्लक ५ मा रहेको एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको दियो-बत्तीबाट आगो सल्किएको हो ।
ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोली आगो निभाउन खटिएका छन् । आगो लगभग नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ ।
तत्काल क्षतिको विवरण जनाइएको छैन् ।
प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्