NRN
एनप्याब्सनको महाधिवेशन फागुन १६ र १७ गते काठमाडौंमा हुने

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को ८ औं राष्ट्रिय महाधिवेशन आगामी शुक्रबार र शनिबार काठमाडौँमा हुने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै एनप्याब्सनका अध्यक्ष सुवास न्यौपाने समूहले महाधिवेशन फागुनको १६ र १७ गते काठमाडौँमा गर्ने बताएका हुन् ।

२०७८ मा नेपालगन्जमा भएको महाधिवेशनबाट पाण्डव हमाल र सुवास न्यौपानेले १८/१८ महिना अध्यक्षता गर्ने सहमति भए पनि आफ्नो कार्यकाल सकिएपछि हमालले नेतृत्व हस्तान्तरण नगरेपछि एनप्याब्सन दुई खेमामा विभाजन भएको हो ।

इमानदारिता र नैतिकता नदेखाएको भन्दै न्यौपाने समूहले अदालतमा मुद्दा दर्ता गरे पनि रिट खारेज भएको थियो ।

विधान र सहमति अनुसार आफू आधिकारिक अध्यक्ष रहेको बताउँदै अध्यक्ष न्यौपाने समूहले ८ औं महाधिवेशनको घोषणा गरेको हो ।

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update