NRN
इन्स्पेक्टर महतको घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन

सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर मृत भेटिएको घटना छानबिन गर्न समिति गठन भएको छ ।

घटना अनुसन्धानका लागि राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थका डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिलाई घटनाबारे छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ ।

सिन्धुपाल्चोक घर भई कास्कीको पोखरा तालिम केन्द्र महिला प्रशिक्षार्थी भवनमा रहेको शौचालयमा इन्स्पेक्टर सन्तोषी महत मृत फेला परेकी थिइन् । शनिबार राति उनी झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । 

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

सशस्त्र प्रहरीकै एक सिनियर इन्स्पेक्टरसँगको सम्बन्धका कारण घटना भएको हुनसक्ने परिवारको आशंका छ ।

परिवारले ती इन्स्पेक्टरविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिने तयारी गरेका छन् । यसबारे पनि समितिले अनुसन्धान गर्नेछ ।

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update