NRN
लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङमा भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ९ बजेर ११ मिनेट जाँदा मर्स्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ । यसअघि पनि मर्स्याङ्दी गाउँपालिकाको भुलभुले, सिम्पानी, बाहुनडाँडा केन्द्रबिन्दु भएर पटक-पटक भूकम्प गएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update