
नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँ पुगेको छ ।सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो ।
सोमबार भने प्रतितोला एक लाख ७० हजार आठ सय रूपैयाँमा सुनको कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।