
प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्न खोजेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री ओली जोरपाटी जाने कार्यक्रम पूर्वनिर्धारित थियो । सोही कार्यक्रममा विरोध जनाउने सूचना पाएपछि प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीको विरोध गर्ने भनेर सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरीले राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंहलाई नियन्त्रणमा लिएको छ ।
प्रधानमन्त्री ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन् ।
कार्यक्रममा स्वास्थ तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, प्रतिनिधिसभा सदस्यलगायत सहभागी छन् ।