महिला च्याम्पियनसिपको फाइनलमा आज म्यानमारसँग भिड्दै नेपाल

अन्तर्राष्ट्रिय महिला च्याम्पियन्समा फाइनल खेल आज नेपाल र म्यानमारबीच हुँदैछ । खेल आज साँझ ६ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ ।
प्रतियोगितामा नेपाल र म्यानमार दुवै अपराजित रहँदै फाइनल पुगेका हुन् । दुवैले लिग चरणमा कीर्गिस्तान र लेबननलाई पराजित गर्दै एक अर्कासँग भिड्नुअघि नै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।
लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी भएको थियो । नेपाल फिफा वरीयतामा १०३ औं स्थानमा छ भने म्यानमार ५५ औं स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ ११:५६
प्रतिक्रिया दिनुहोस्