NRN
बुधबार आठ सय रूपैयाँले घट्यो सुनको मूल्य, चाँदीकाे कति ?

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन अर्थात् मंगलबार नयाँ रेकर्ड कायम गरेको सुन यस दिन प्रतितोला आठ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ७१ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भएको थियो । 

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय १६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update