NRN
आज २६२ औं सेना दिवस, मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आफ्नो स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा बुधबार मुलुकभर सेना दिवस मनाएको छ ।

सेना दिवसको अवसरमा बुधबार सेनाले सैनिक मञ्‍च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो ।

नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्नाका साथै सेनाले राइफल र तोपबाट महाशिवरात्रि बढाइँ  गरेको थियो । 

सैनिक र नेपाली परम्परागत वेशभूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको उपस्थित रहेको थियो । नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update