त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ
-1732258918.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् ।
गएराति फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । पक्राउ पर्नेमा उज्वेकिस्तानका तीन महिला र एक पुरुष छन् ।
आरोपीहरुले मलद्वारमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले ३ किलो ७४५ ग्राम सुन बरामद गरेको छ ।
पक्राउ पर्नेमा अख्माद जानोभना दिलफुजा मारिफअलिभ, इजराइलोभना साओदत फेजिभा, गुलाम्दजानोभन उमिद अख्मेदोभ र सरदोर त्रुस्अनोभ छन् ।
उनीहरु अहिले गौशाला प्रहरी हिरासतमा रहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१ ११:४२
प्रतिक्रिया दिनुहोस्