NRN
आज (बिहीबार) सुनको मूल्य घट्दा बढ्यो चाँदी मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ भने चाँदी मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय रूपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।  

त्यसैगरी, बुधबार प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २८ सय ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update