प्रबासमा आफ्नो प्यासनलाई निरन्तरता दिन त्यति सजिलो छैन । काम, परिबार अनि ब्यस्त जिबन । यसको बाबजुद पनि प्रबासमा बसेर कोही नेपाली गीत संगीत र अन्य विधामा लागेको मात्र होइन कि त्यसमा कसैले निरन्तरता दिन सक्छ भने त्यो पात्र स्याबासीको केन्द्रमा पर्न सक्छ ।
कुरा र प्रसंग हो जेनिशा गौतमको । उनि लामो समयदेखी अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी छन् । एकातिर काम अनि परिबार भने अर्कोतिर आफ्नो प्यासन गित -संगीत । गजब तरिकाले ब्यबस्थापन गरेर अगाडि बढाएकी छिन् जेनिशाले ।
नेपालदेखी अष्ट्रेलियासम्म नेपाली गीत - संगीत बिधामा जेनिशाले दिएको निरन्तरता र लगाब सांच्चै प्रशंसा गर्न लायकको छ -‘ सबै भन्दा ठूलो कुरा त इच्छा शक्ति हो रहेछ । आफूलाई चिनाएको र आफूले मनबाट माया गरेको बिधालाई भूल्न सक्दिन र छोड्न सक्दिन भन्ने प्रतिबद्धता भयो भने सकिंदो रहेछ -‘ उनले भनेकी छन् ।
यसैबीच लामो समयदेखि अस्ट्रेलियालाई कर्मथलो बनाउदै नेपाली गीत संगीतमा निरन्तर क्रियाशिल सर्जक, कलाकार, मोडल तथा गायिका जेनिशा गौतमको भजन गीती संग्रह माया छरीदेउ अष्ट्रेलियाको सिड्नीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
गिती संग्रह सिड्नीको मेरील्याण्डमा अवस्थित गैर आवासीय नेपाली संघ एनआएनए अस्ट्रेलियाको भवनमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा सबैले प्रशंसा गर्दै जेनिशा ईन्टरटेन्टमेन्टले गरेका कार्य उत्कृष्ट रहेको भन्दै नेपाली गीत संगीत र नेपालको भाषा, संस्कृतीको प्रवद्र्धन गर्न मद्धत पुगेको बताईएको थियो ।
कार्यक्रममा गायिका गौतमले आफ्नो हालै बजारमा आएको भजन प्रस्तुत गरेकी थिईन् । उपस्थित कलाकाहरु र प्रायोजकहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । गीत रिलिज गर्दै गौतमले जेनिशा ईन्टरटेन्टमेन्टले गरेका कार्यहरु जानकारी गराउँदै विदेशमा गीतसंगीतलाई प्रवद्र्धन गर्ने र नेपालका विभिन्न परोपकारी कार्यहरु गर्दै आएको बताइन् ।
कार्यक्रममा बोल्ने वक्ताहरुले सर्जक तथा मोडल जेनिशा गौतमले समुदायमा अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । गीत जेनिशा ईन्टरटेन्टमेन्ट युट्युब च्यानलबाट बजारमा आएको छ । गीतको रचना, संगीत र गायन जेनिशाले नै गरेकी हुन् ।
उदयराज पौड्यालको एरेञ्ज रहेको गीतको म्यूजिक भिडियोमा जेनिशा आफै र बाल मुकुन्द तिमिल्सिना लगायतका अन्य कलाकारहरुलाई देख्न सकिन्छ । भजन रिलिज भएपछी धेरै दर्शकको माया पाएको भन्दै सबै ठाउँबाट राम्रो प्रतिक्रिया आईरहेको गौतमले बताईन् ।