NRN
 मौद्रिक नीतिको एउटा व्यवस्थाले ६ महिनापछि बिहीबार सेयर बजारमा उत्साह, ४९.१५ अंकको वृद्धि

साताको अन्तिम कारोबार हुने दिन बिहीबार मौद्रिक नीतिको एउटा व्यवस्थाले ६ महिनापछि सेयर बजारमा उत्साह ल्याएको छ । बिहीबार ४९.१५ अंकले बढेर नेप्से परिसूचक २८१५ मा आइपुगेको हो । 

नेप्से परिसूचक मात्रै होइन कारोबार रकममा पनि वृद्धि भएको छ । मंगलबार ९ अर्ब ९० करोड रूपैयाँको सेयर कारोबार भएकोमा बिहीबार ११ अर्ब ३९ करोड रूपैयाँको सेयर कारोबार भएको हो । 

वाणिज्य बैंकहरूको मूल्यमा समेत सुधार हुन थालेपछि बजार बढ्न थालेको हो । सामान्यता फागुन अन्त्यदेखि बजार बढ्ने प्रवृत्ति देखिने भएकोले पनि बजारमा सुधार हुँदै जान थालेको मानिएको हो । 

आजको बजारमा २४४ कम्पनीको शेयर कारोबार भएकोमा १८६ कम्पनीको मूल्य बढेको छ । ५२ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।

बिहीबार कारोबारमा आएका सवै समूहगत परिसूचकमा सुधार भएको छ । चार कम्पनीको मूल्य बढेर सर्किट ब्रेक लागेको छ । यसरी सर्किट ब्रेक लाग्नेमा गार्जियन माइक्रोलाइफ, अप्पर हेवा खोला, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युत् रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update