एकैदिन प्रतितोला २२ सय रूपैयाँ घट्यो सुनको मूल्य, आज चाँदी कतिमा हुँदैछ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा शुक्रबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ४५ रूपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ ११:४९
प्रतिक्रिया दिनुहोस्