नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।
८४ वर्षकी श्रेष्ठको काठमाडौंको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज(शुक्रबार) बिहान निधन भएको हो ।
बिरामी भएपछि केहीदिन अघि प्रहरी अस्पतालको सघन कक्षमा राखेर उनको उपचार भइरहेको थियो । उनको शुक्रबार अपराह्न ४ बजे पशुपतिमा अन्त्येष्टि गर्ने तयारी छ ।
सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१ १५:४९
प्रतिक्रिया दिनुहोस्