NRN
राजधानी दैनिकले पाँच गुणा बढायो पत्रिकाको मूल्य

काठमाडौंबाट दैनिक प्रकाशन हुँदै आएको ‘राजधानी दैनिक’ ले पत्रिकाको मूल्य बढाएको छ ।

राजधानी न्युज पब्लिकेशन प्रालिले दैनिक ८ पृष्ठ प्रकाशित १० रुपैयाँमा बिक्री गर्दै आएको पत्रिका शुक्रबारदेखि मूल्य बढाएर ५० रुपैयाँ बनाएको हो ।

अग्र पृष्टमा ‘बिक्दै नबिक्ने पत्रिका, न बिक्छ, न त झुक्छ’ नारासहित प्रकाशकीय लेखेर पत्रिकाले मूल्य बढाएको जानकारी दिएको हो ।

आर्थिक मन्दी, महँगी तथा विज्ञापन बजार खस्कँदै जानु, पत्रिका छपाइका लागि आवश्यक सामग्रीको मूल्यवृद्धि लगायतका कारणले पत्रिकाको मूल्य बढाउनुपरेको प्रकाशक आशिष शेचरनले प्रकाशकीयमा उल्लेख गरेका छन् ।

मूल्य समायोजनले पाठक वर्गलाई केही असुविधा भए पनि निडर भई सत्यतथ्यमा आधारित रहेर अरूभन्दा भिन्दै समाचार प्रेषित गरी पाठकको सुसूचित हुने अधिकारको ग्यारेण्टी गर्ने पत्रिकाले दाबी गरेको छ । 

विगतमा प्रकाशकहरूले मूल्यवृद्धि एकमुष्ठ ढंगले गर्ने गरेका थिए । तर यसपटक राजधानीले एक्लै मूल्यवृद्धिको निर्णय लिएको हो ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update