NRN
अष्ट्रेलियाका निशले प्रोफेशनल बिल्डिङ एण्ड कन्स्ट्रक्सनको घोषणा गरे

- राजन घिमिरे

लामो समयदेखी अष्ट्रेलिया र नेपालबाट एकसाथ शैक्षिक बिधामा काम गर्दै आएको शैक्षिक परामर्शदाता एब उत्साही यूबा ब्याबसायी निश शर्मा अब अष्ट्रेलियामा अर्को ब्याबसायमा छलांग मार्ने तयारीमा जुटेका छन । बिध्यार्थीहरूको बिश्वास जित्दै आएको प्रोफेशनल भिषा एण्ड ऐजुकेशन सर्भिसेसका प्रमुख निशले अब यही प्रोफेशनल नामलाई ब्राण्डको रूपमा अगाडि बढाउंदै कन्ट्क्सन क्षेत्रमा पनि पाईला अगाडि बढाउंने भएका छन ।

उनले कन्ट्रक्सन कम्पनीको नाम सार्बजनीक गर्दै भनेका छन -‘ आज हामी गर्वका साथ हाम्रो नयाँ उद्यम प्रोफेशनल बिल्डिङ एण्ड कन्स्ट्रक्सनको बारेमा जानकारी दिंदै छौ -‘ । उनले अगाडि भनेका छन -‘ हाम्रा आफ्नै परियोजनाहरू विकास गर्ने लामो अनुभवसहित, अब हामी निर्माण र विकासको अर्को चरणमा प्रवेश गर्दैछौं। पहिलो चरणमा हामी NDIS ग्राहकहरूको लागि SDA (Specialist Disability Accommodation) र SIL (Supported Independent Living) आवास निर्माणमा केन्द्रित हुनेछौं, जसले गुणस्तरीय र पहुँचयोग्य आवास सुनिश्चित गर्नेछ।

हाम्रा प्रारम्भिक परियोजनाहरू NSW को Austral र Leppington क्षेत्रमा रणनीतिक रूपमा अवस्थित हुनेछन्। उनले अगाडि थपे दोस्रो चरणमा हामी आवासीय र व्यावसायिक विकासमा विस्तार गर्नेछौं, उद्योगका विशेषज्ञहरू, रियल स्टेट व्यवसायीहरू, र सरोकारवालाहरू संग सहकार्य गर्दै, नवीनतम र उत्कृष्ट निर्माण समाधानहरू बजारमा ल्याउनेछौं। प्रो ग्रुपको अर्को गौरवपूर्ण उपलब्धि हुने छ प्रो बिल्डिङ एण्ड कन्स्ट्रक्सन -‘ ।

निशले आफ्नो यो समूहको कार्यलाई सफल बनाउंन सबै पक्षबाट साथ र सहयोगको अपेक्षा पनि राखेका छन । उनले भनेका छन -‘ हामी यस यात्राको लागि अत्यन्त उत्साहित छौं र भविष्य निर्माण गर्न तपाईंहरूसँग मिलेर काम गर्न तत्पर छौं-‘ ।

प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update